सुरक्षित र मर्यादित कार्यस्थल विषयक गाेष्ठी सम्पन्न

काठमाडाै । अखिल नेपाल महिला संघकाे आयाेजनामा ´सुरक्षित र मर्यादित कार्यस्थल` विषयक गाेष्ठी सम्पन्न भएकाे छ ।

उक्त कार्यशाला गाेष्ठीमा त्यहा उपस्थित महिलाहरुले आफूले काम गर्ने स्थानमा आफूले भाेगेका दुर्व्यवहार, अरुमाथि भएकाे र आफूले देखेका घटना र त्यस्ता दुर्व्यवहारबाट बच्ने उपायका बारेमा छलफल गरिएकाे थियाे ।

उक्त कार्यक्रममा विभिन्न अस्पताल, शिक्षण संस्था, स्वास्थ्यक्षेत्रमा काम गर्ने नर्स, विषय विज्ञ तथा अनेम संघसँग सम्बन्धित व्यक्तित्वहरुकाे उपस्थिति रहेकाे थियाे ।

अनेम संघ केन्द्रीय अध्यक्ष टुका हमालकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रम राष्ट्रिय ट्रमा सेन्टरकाे हलमा आयाेजना भएकाे थियाे ।

कार्यक्रममा उपस्थित सबैले महिला हिंसाबिरुद्द सबै एकताबद्ध भएर लाग्ने, हिंसारहित समाज निर्माणका लागि सबै लाग्ने प्रण गर्दै कार्यक्रम सकिएकाे थियाे ।