विराटनगर । भोजपुरमा एक जनाले चार जनाको हत्या गरेका छन् । रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको हाे ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले एकै घरभित्र चार जनाको हत्या भएको जानकारी दिए ।
तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ ।
प्रहरीका अनुसार ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई भने उपचारका लागि लगिएको जनाइएको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भई रहेको छ ।
गए राती करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकोले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रनाउ तिमिल्सिनाले बताए ।
घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया