काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीको निर्देशन आएमा आफू राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन् ।
सङ्घीय निजामती विधेयक समितिबाट पारित प्रावधानभन्दा फरक ढङ्गले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा तानिएका छन् ।
विपक्षी दलहरूले उनको राजीनामा माग गरेका छन् । यसबारे बोल्दै खतिवडाले पार्टी बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो गल्ती भएको ठहरिए पार्टीले बाहिर बस्न निर्देशन दिएमा म तयार छु ।’ उनले संसदीय समितिमा बदनाम हुने गरी काम नगर्न आग्रह गर्दै समिति गठन भएर आएको निर्णय पालना गर्न तयार रहेको बताए ।
खतिवडाले पार्टीभित्र सभापति, उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यहरूलाई कमजोर बनाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । ‘यो पद्धति कहाँसम्म पुग्छ रु आरोप–प्रत्यारोपमा अल्झियौँ भने जनता र कार्यकर्ताले के गर्छन् रु’ उनले पार्टी बैठकमा प्रश्न गरे ।
‘सभापति, उपसभापति, महामन्त्री कमजोर हुँदा को बलियो हुन्छ ?’ उनले भने, ‘चाहे बालकृष्ण खाँण, मोहनबहादुर बस्नेत, रमेश लेखक वा आरजु देउवा हुन्, गगन थापा कमजोर भए कसरी पार्टी बलियो हुन्छ ?’
प्रतिक्रिया