काठमाडौं । इरान र इजरायलका बिचमा रातभरी एक अर्का माथी मिसाइल प्रहार गरिरहेका छन् ।
भर्खरै मात्रै इजरायलको राजधानी तेल अभिव र जेरुसेलममा विस्फोटका आवाज सुनिएको जनाइएको छ ।
इजरायली सेनाले इरानद्वारा नयाँ चरणको आक्रमणको घोषणा गरेपछि तेल अवीव र जेरुसेलममा धेरै विस्फोटको आवाज सुनिएको जनाएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमले इजरायलका दुबै शहरहरूमा श्रृंखलाबद्ध विस्फोटको रिपोर्ट गरिरहेका छन ।
‘अहिले तेल अवीभमा भारी बमबारी, धेरै ठूला विस्फोटहरू सुनिएको छ,’ इजरायली पत्रकार हाग्गाई माटरले सोशल मिडिया पोस्टमा उल्लेख गरेका छन ।
प्रतिक्रिया