१३ जुवाडे पक्राउ

ललितपुर ।  महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरमा जुवातास खेलिरहेको अवस्थामा जोसिराज समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४७ हजार ६ सय ३५ रूपैयाँ, १३ थान मोबाइल र तास ८ बुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।