कैलालीमा गोली चल्यो, दुई जना पक्राउ

दाङ । कैलाली प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई गोली हानेर पक्राउ गरेको छ ।

फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा भजनी–७ मा मिलन चन्द र हृदम ढुङ्गानालाई गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । दुवैजनालाई घुँडामुनि एक–एक राउन्ड गोली लागेको छ ।

पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाको लागि गोली चलाइएको कैलाली प्रहरी प्रमुख बालनरसिंह राणा जानकारी गराए । गोली प्रहारबाट घाइते भएकाहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।