प्रचण्ड र माधवबीच भेट वार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भेटवार्ता गरेका छन् ।

भेटमा माधव नेपालसँगै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर थिए । माओवादीबाट प्रचण्डसहित उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे थिए ।

प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए । उनले विपक्षी लगाएत अन्य दलहरूसाग छलफल गरेर आवश्यक निर्णय हुने बताए ।

अध्यक्ष नेपालले संसद् खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताएका छन् ।