ओखलढुंगा । १७ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्रउा पर्नेमा चिशंखुगढी गाउँपालिका–६ भदौरे बस्ने २० वर्षीय भुपेन्द्र मगर रहेको प्रहरीले जनाएको छ ।
उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया