बाढीले डाइभर्सन बगाउदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । गएरातिको अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाएपछि नवलपरासी पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

दुम्किवासस्थित बिनयी खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि आज बिहानबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

विनयी खोलाको पुल भाँचिएपछि पाँच महिनादेखि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । यहाँ बाढीले पटकपटक डाइभर्सन बगाएको छ । बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।

नवलपुरका प्रवक्ता मधु नेपालका अनुसार अहिले बगाएको ठाउँमा डाईभर्सन पुनः बनाउने प्रयास भइरहेको छ । अहिले यात्रु बाहक सवारी र हल्का सवारी साधन होङ्सी गेटबाट सर्दी हुँदै सञ्चालन भएपनि ठूला र मालबाहक सवारी साधन रोकिएका छन् ।