यी हुन् अनेरास्ववियुका उम्मेदवारहरु

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी युपनयन अनेरास्ववियुको निर्वाचनमा जारी महाधिवेशनमा उठेका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल भिड्ने भएका छ्न् ।

उपाध्यक्ष खुलामा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही र महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् ।

महासचिवमा दिपक धामी, आर के रोमस, सुनिल कँडेलको उम्मेदवारी परेको छ भने प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाहीले सचिवमा उम्मेदवारी हालेका छन् ।

अधिवेशनले १५१ सदस्यीय केन्द्रीय कमिटी, आयोगका पदाधिकारीसहित १३ जनासमेत गरी २०३ पदका लागि ५ सय बढी उम्मेदवारी परेको छ । आयोग प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुनेछन् ।