अत्यधिक गर्मी भएपछि विराटनगरका विद्यालय बन्द

विराटनगर । अत्यधिक गर्मी भएपछि विराटनगर र इटहरीका विद्यालयहरू बन्द भएका छन् ।

अहिले देशैभरी अत्यधिक मात्रामा गर्मी बढेको छ । कोशी प्रदेशमा पनि तीन दिन यता अत्यधिक कोशी प्रदेशमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द गरिएको हो । ३७ डिग्री सम्म तापक्रम पुगेपछि विराटनगर महानगरले आजबाट विराटनगरका विद्यालय तीन दिनका लागि बन्द गरेको जनाएको छ ।

विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गर्मी बढेपछि इटहरीका विद्यालयहरू पनि आज बन्द गरिएका छन् । यदि वर्षा भएर पठनपाठनका लागि अनुकूल अवस्था सिर्जना भए विद्यालय भोलीबाटै खुल्नेछन् ।

गर्मीका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने सम्भावना देखिएपछि बिदा दिइएको महानगरले जनाएको छ ।

केही दिन यता कोशी प्रदेशका तराइका जिल्लाहरूमा चर्को घाम लाग्ने गरेको छ । हावा नचल्दा यहाँको जन जीवन प्रभावित भएको छ । अत्याधिक