काठमाडौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनबाट नयाँ नेतृत्व चुनिदैछ ।
नयाँ नेतृत्वको लागि अनेरास्ववियुको अध्यक्षमा दुई समूह प्रतिस्पर्धमा उत्रिएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेल समूहबीच चुनावी प्रतिष्पर्धा हुदैछ ।
उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ ।
महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ । उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा तीन दर्जन बढी उम्मेदवार छन् ।
रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओली लगायत करिब ४० जनाको सचिव पदमा उम्मेदवारी परेको छ ।
अनेरास्ववियुको २४ औँ महाधिवेशन काठमाडौँमा जारी छ । यसै महाधिवेशनबाट नयाँ नेतृत्व छानिदैछन् । पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएको थियो । तर चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरेपछि निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको थियो ।
अनेरास्ववियु यस महाधिवेशनले ९ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने छ । अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि प्रतिनिधिहरुले अस्वीकार गरेपछि मतदानमा गएको हो ।
डा.सुजन कडरियालाई सर्वसम्मत अध्यक्ष बनाउन गरिएको प्रस्ताव प्रकाश पौडेल पक्षले अस्वीकार गरेपछि मतदानमा गएको हो । अनेरास्ववियुमा यस पटकदेखि ३२ बर्षे उमेर हदबन्दी लागेको छ । गत जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुका कमिटीहरूमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको थियो ।
महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी यस महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
प्रतिक्रिया