संघीय संसदका दुइ समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा सो बैठक बस्नेछ । 

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । जुन बैठक दिउँसो १ः३० बजेवाट बोलाइएको छ ।