राष्ट्रियसभावाट भन्सार बिधेयकको प्रस्ताव स्विकृत

काठमाडौं।  भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतले स्वीकृत भएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित भइ कार्यान्वयनमा जाँदा भन्सार प्रशासन र राजस्व परिचालनमा रहेका समस्याहरु समाधान हुने जनाएका छन ।