चार दिन पछि बढयो सेयर मुल्यमा बृद्दी

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक २३.१९ अंकले बृद्दी भएको छ।

नेप्से परिसूचक आज ०.८८ प्रतिशतले बढेर २६५३.०९ विन्दुमा रोकिन पुगेको छ ।

कारोबारमा आएका ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । 

आज १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर रहेको छ ।