पाल्पा । छिमेकीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले १४ वर्षपछि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाले माथागढी १ पाल्पाका १८ वर्षिय नरविर नेपालीको हत्या अभियोग लागेका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई पक्राउ गरेको हो ।
उनले २०६८ साल मंसिर ११ गते नेपालीको हत्या गरेका थिए । । उनलाई प्रहरीले रूपन्देहीको सिद्वार्थनगरस्थित बेलही बसपार्कबाट पक्राउ गरेको हो ।
हत्या गरिएका नेपाली र सार्कीका छिमेकी हुन् । जिप्रका पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लका अनुसार सार्की यसअघि भारतमा बस्दै आएका उनी नेपाल आउँदै गरेको सूचनाका आधारमा पाल्पाबाट प्रहरी रूपन्देही पठाइएको थियो ।
पाल्पा जिल्ला अदालतबाट आज ६ दिनको म्याद लिएर उनीमाथी ज्यान सम्बन्धीको कसुरमा अनुसन्धान थालिएको डीएसपी मल्लले बताए ।
प्रतिक्रिया