माओवादीद्वारा एसएसपीकाे हत्या

काठमाडौं । भारतको सशस्त्र माओवादीले प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)को हत्या गरेको छ । आफ्ना सर्वोच्च कमान्डरसहित सयौं कार्यकर्ता मारिएको घटनाको बदला लिने क्रममा उनीहरुले एसएसपीको हत्या गरेको जनाएको

बीबीसी हिन्दीका अनुसार सोमबार बिहान छत्तीसगढको सुक जिल्लामा भएको एक बम विस्फोटनमा कोन्टा डिभिजनका अतिरिक्त प्रहरी अधिक्षक एसएसपी प्रकाश राव गिरिपुन्जेको मृत्यु भएको छ ।

माओवादीका सर्वोच्च नेता नाम्बाला केशवराव उर्फ बसवराजसहित ४०० माओवादीको हत्याको विरुद्ध सो पार्टीले भारत बन्द आह्वान गरेको समाचारमा उल्लेख छ ।

सुरक्षा मजबुत बनाउने क्रममा पैदल गस्तीमा निस्किएका प्रहरी अधिकारी बम विस्फोटनमा परेको उपमुख्यमन्त्री जिय शर्माले बताएका छन् । भारतीय गृहमन्त्री अमित शाहले सन् २०२६ भित्र भारतमा माओवादीलाई सखाप पार्ने र सन् २०२९ सम्म कम्युनिस्ट मुक्त भारत बनाउने घोषणा गरेका छन् ।