काठमाडौं । संघीय संसद अन्तर्गतका २ वटा समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल हुनेछ ।
उता, पूर्वाधार विकास समितिको बैठकमा भने नेपाल विद्युत प्राधिकरणले २०८२ बैशाख महिनामा जारी गरेको श्वेतपत्रका बारेमा छलफल हुनेछ, जुन बैठक बिहान ८ः३० बजे बोलाइएको छ।
प्रतिक्रिया