वाशिष्ठ
काठमाडौँ । प्रगतिशील लेखक सङ्घ नेपालको केन्द्रीय समितिको बैठकले विभिन्न कार्यविभाजनदेखि केन्द्रीय कार्यालय भवनको शिलान्यासगर्ने सम्मको महत्वाकाँक्षी योजना अघि सार्दै निर्णय सार्वजनिक गरेको छ । प्रलेसको तेह्रौँ केन्द्रीय समितिको सो बैठक २०८२ जेठ २४ गते शनिबार काठमाडौँमा सम्पन्न भएको हो ।
प्रलेसका अध्यक्ष डा. देवी क्षेत्री दुलालको अध्यक्षता रहेको सो बैठकमा निवर्तमान अध्यक्ष डा. मधुसूदन गिरीको आतिथ्य रहेको थियो । बैठकले प्रलेसको स्थापना दिवसको अवसर पारेर आगामी असोज ५ गते काठमाडौँको बुढानीलकण्ठ–११ जगडोलमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने र त्यसका लागि कोषाध्यक्ष कृष्ण सुवेदीको नेतृत्वमा १५ सदस्यीय समिति बनाउने निर्णय भएको जानकारी दिइएको छ ।
त्यस्तै प्रलेसले कामलाई चुस्त दुरुस्त र पारदर्शी बनाउँन सचिवालय गठन गरेको छ । केन्द्रीय सचिवालयमा आठ जना पदाधिकारीहरू डा. देवी दुलाल क्षेत्री, समीर सिंह, डा. अमृता शर्मा, पारस ढकाल, बोधकुमार घिमिरे, कुशल बोगटी, डा. हरि तिमिल्सिना, कृष्ण सुवेदी रहेका छन् साथै ,दिनेश दुलाल, शेखर अर्याल, तिला लेकाली, कल्पना पौडेल जिज्ञासु’, आरोह नेपाली र डिल्लीराम भण्डारीलाई मनोनित गरिएको छ ।
त्यस्तै बैठकले ४२ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ । जसमा रघुजी पन्त, प्राडा जीवेन्द्र देव गिरी, वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, विष्णु प्रभात, गङ्गा उप्रेती, प्रा. केशव सुवेदी, प्राडा ध्रुव घिमिरे, स्नेह सायमी, प्राडा विदुर चालिसे, प्रा धरणीप्रसाद गौतम, डम्बरबल्लभ भण्डारी, डा. दीपक गौतम, शान्ता मानवी, डा. विन्दु शर्मा, गोपीरमण उपाध्याय, रामरिझन यादव, प्राडा सुधा त्रिपाठी, दिल साहनी, मातृका पोखरेल, डा. मधुसूदन गिरी, डा. धनप्रसाद सुवेदी, डा. गोपाल ठाकुर, महेश्वर दाहाल, डा. कृष्णराज अधिकारी, ईश्वरचन्द्र ज्ञवाली, प्राडा गोपीन्द्र पौडेल, सत्या पहाडी, सीता शर्मा, डा. पुष्पकरराज भट्ट, माइला लामा, शोभा दुलाल, ढुण्डिराज अधिकारी, रामप्रकाश पुरी, प्राडा श्रीधर गौतम, गिरीप्रसाद बुढा, डा. अमर गिरी, राममणि पोखरेल, गोपाल बराल, शालिकराम तिमिल्सना, प्राडा देवी गौतम र प्रा जगत् प्रेक्षित रहेका छन् ।
त्यस्तै गरी विभिन्न विभाग समेत बैठकले गठन गरेको छ जसमा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा डा देवी क्षेत्री दुलाल, प्रकाशन विभाग प्रमुखमा पारस ढकाल, सूचना प्रविधि तथा प्रचार विभाग प्रमुखमा कुशल बोगटी, महिला विभाग प्रमुखमा डा. अमृता शर्मा, आर्थिक विभाग प्रमुखमा कृष्ण सुवेदी र वैचारिक विमर्श तथा परिसंवाद विभाग प्रमुखमा समीर सिंह रहेका छन् ।
त्यस्तै गरी प्रदेश इन्चार्जमा कोशी प्रदेश इन्चार्ज उपमहासचिव बोधप्रसाद घिमिरे र सहइन्चार्ज केन्द्रीय सदस्य तिला लेकाली रहेका छन् । मधेश प्रदेश इन्चार्जमा कोषाध्यक्ष कृष्ण सुवेदी र सहइन्चार्जमा केन्द्रीय सदस्य दिनेश दुलाल रहेका छन् । बागमती प्रदेश इन्चार्जमा महासचिव पारस ढकाल र सहइन्चार्जमा केन्द्रीय सदस्य आरोह नेपाली रहेका छन् । गण्डकी प्रदेश इन्चार्जमा उपाध्यक्ष डा. अमृता शर्मा र सहइन्चाजमा केन्द्रीय सदस्य निर्मल सापकोटा रहेका छन् । लुम्बिनी प्रदेश इन्चार्जमा डा. हरि तिमिल्सिना, सहइन्चार्जमा केन्द्रीय सदस्य कल्पना पौडेल ‘जिज्ञासु’रहेका छन् । कर्णाली प्रदेश इन्चाजमा सचिव कुशल बोगटी, सहइन्चार्जमा केन्द्रीय सदस्य प्रकाश किरण रहेका छन् भने सुदूरपश्चिम प्रदेश इन्चाजमा उपाध्यक्ष समीर सिंह र सहइन्चार्जमा केन्द्रीय सदस्य रमेश पन्त मितबन्धु रहेका छन् । बैठकमा महासचिव झगिन्द्रराज ढकाल (पारस)को साङ्गठनिक प्रतिवेदन सर्वसम्पतिले पारित भएको थियो ।
प्रतिक्रिया