पत्रकारले आफ्नै घरमा खेलाउँछन् जुवा

सिरहा । सिरहाको दक्षिणवर्ती सिमाक्षेत्रमा पर्ने भारतको मधुवनी , लौकहामा एक भारतिय दैनिक पत्रिकाका संबाददाताले आफ्नै घरमा जुवातास खेलाउँदै आएको तथ्य खुलेको छ ।
लौकहास्थित रेलवे स्टेशनसँग जोडिएको आफ्नै घरमा भारतिय अखवार दैनिक जागरणका स्थानिय संबाददाता कृत यादवले गोप्यरूपमा जुवातास खेलाउँदै आएको तथ्य खुलेको हो ।
उनको घरमा सञ्चालित जुवातासको खालमा नेपालीहरूले जुवातास खेल्दै आएकाछन् । सिरहाको लहान , महोत्तरीको बर्दिबास , धनुषाको जनकपुर , सिन्धुलीको भिमान , डकाहा , दुधौली , उदयपुरको कटारी , सदरमुकाम गाईघाट , सर्लाही , रौतहट र पूर्वको ईटहरी , धरान झापासम्मका नेपाली कृतले सञ्चालन गर्दै आएको जुवाखालमा तासजुवा खेल्न जाने गरेकाछन् ।
नेपालीहरूले सिमावर्ती सिरहाको ठाडीमा सवारी पार्किङ् गरेर त्यहाँ तासजुवा खेल्न जाने गरेकाछन् ।
बताईएअनुसार दैनिक भारू ५० लाखदेखी १ करोड रूपैयाँसम्मको खेल हुने गरेको छ । कृतले भारी कमिशन दिएर नेपाली नागरिकलाई बिचौलियाको रूपमा परिचालन गरेकाछन् । ति बिचौलियाहरू मार्फत धनाढ्य नेपालीहरू त्यहाँ तासजुवा खेल्न जानेगरेको अर्का एकजनाले बताए ।
उनले भने – ‘ दैनिक २०-२५ जना नेपाली कृतको जुवाखालमा पुग्ने गरेकाछन् । नेपाली खेलाडीहरूलाई नै लक्षित गरेर कृतले जुवाखाल सञ्चालन गरिरहेकाछन् । ‘
कृतको जुवाखालमा केही नेपाली आफूलाई पत्रकारको परिचय दिएर दिनहुँजसो भत्ताअशुल गर्न पुग्ने गरेको बताईएको छ ।
कोरोनाकालको लकडाउनबाट सञ्चालित कृतको जुवाखालमा तासजुवा खेलेर धेरै नेपाली घरबारबिहिन बन्नपुगेको स्रोतले जानकारी दियो ।