जनकपुरमा डाका समूहले चलाएको गोली लागी थारुको मृत्यु

जनकपुरधाम । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मल्हनमा डाका समूहले चलाएको गोली लागेका एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

डाका समूहले घरधनी कन्तलाल चौधरीको गोली हानी हत्या गरेका हुन् । डाकाहरुकै आक्रमणमा परी कन्तलालका भाइ रमाकान्त चौधरी घाइते भएका छन् । चौधरीको उपचार अहिले सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विरेन्द्र यादवले राति १ करिब बजे ५७ जनाको समूहमा रहेका डाकाहरुले कान्तालाल चौधरीको हत्या र उनको घरमा लुटपाट गरेको जानकारी दिए । उनका अनुसार डाकाहरुले धारिलो हतियार प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

चौधरीको घरबाट डाकाहरुले ५ तोला सुन, २ केजी चाँदी र नगद ६० हजार रुपैयाँ लुटेर लगेको पनि प्रहरी निरीक्षक यादवले बताए । उनले घटनाबारे थप अनुसन्धान र डाकाहरुको खोजी भइहरेको पनि बताए ।