अख्तियारले पठायो माधव नेपालको पत्र संसद सचिवालयमा

काठमाडौं । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्र यतिखेर संसद सचिवालयमा पुगेको छ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले त्यसको जानकारी दिएका हुन् ।

आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार भ्रष्टचार गरेको भन्दै अख्तियारले बिगो माग दाबी गरेर विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गराएको छ ।

सभामुख घिमिरेले नेपालकाे सांसद पद निलम्बनमा परेकाे जानकारी अबकाे बैठकमा गराउने छन् ।