नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ ।

बुधबार नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २६४६.९५ को विन्दुमा रोकिएको हो ।

बुधबार तीन सय १३ कम्पनी  कारोबारमा आएका थिए । जसअनुसार १ करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता शेयर ५९ हजार एक सय ३० पटक खरिदबिक्री भएको थियो । जोवाट पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार पाँच सय २२ बराबरको कारोबार हुन पुगेको छ।