आइपीएलको बिजय उत्सव मनाउने भिडमा भागदौंड हुदाँ मर्नेको संख्या ११ पुग्यो

हैदारावाद  । रोयल च्यालेन्जर्स बैंगलोरको विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिएको छ।

उक्त भागदौडमा दुर्घटनामा परिणत हुदाँ अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ  । उसका अनुसार ५० भन्दा बढी गम्भिर घाइते भएका छन् । यो दुर्घटना बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक भएको हो।

हजारौं मानिसको भिडका कारण भीड एक्कासी अनियन्त्रित भई अनियन्त्रित भएको बताइएको छ । अवस्था निकै खतरनाक बन्यो । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ ।

हजारौं फ्यानहरू हतारमा विभिन्न गेटहरूबाट स्टेडियममा प्रवेश गर्न खोज्दा भागदौड भएको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा उपस्थित प्रहरीले घाइतेहरूलाई एम्बुलेन्समा पु¥यायो र उनीहरूलाई नजिकैका विभिन्न अस्पतालमा भर्ना गरिएको थियो ।

सुरुमा सडक जामका कारण एम्बुलेन्स अस्पताल पुग्न नसकेको प्रहरीले जनाएको छ । अर्को घटनामा एक फ्यान स्टेडियममा हाम फाल्न गेट चढ्ने क्रममा लडेर खुट्टा भाँच्चिएको छ ।

बाक्लो संख्यामा प्रहरीको उपस्थिति भए पनि भीडलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको देखिएको थियो । उत्सवको एक झलक लिन मानिसहरु रुखमासमेत चढेका थिए ।

भागदौडका कारण धेरै आरसीबी फ्यान स्टेडियम बाहिर बेहोस समेत भएका थिए । घटनास्थलमा सबै घाईतेहरुलाई अस्पताल पुर्‍याउन कैयौं एम्बुलेन्स खटाइएको छ । घटनास्थलमा उपस्थित मानिसहरूले पनि एक अर्कालाई सहयोग गरेका थिए भने कतिपयले घाइतेलाई सीपीआर दिएको पनि देखियो ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाका राजनीतिक सचिव नासिर अहमदले यस घटनाको बारेमा भने कि भीड अचानक नियन्त्रण बाहिर गए पछि स्थिति सम्हाल्न गारहो भएको थियो । ‘परिस्थितिलाई सम्हाल्ने प्रयास गरिरहेका छौं, तैनाथ सुरक्षाकर्मीको संख्या बढाइएको छ । उत्सव व्यवस्था गर्न समय नपाउँदा यो दुर्घटना हुन पुगेको छ,’ उनले भने ।

कर्नाटक राज्य क्रिकेट संघले रोयल च्यालेन्जर्स बैंगलोरलाई आइपीएल २०२५ मा ऐतिहासिक जित हासिल गरेपछि एक अभिनन्दन समारोह आयोजना गरेको थियो, जसमा हजारौं रोयल च्यालेन्जर्स बैंगलोर प्रशंसकहरू आएका थिए।