प्रतिनिधिसभाकाे बैठक बस्दैँ, चल्ला त संसद ?

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक बस्दैँछ ।

मङ्गलबारका लागि तय भएको  प्रतिनिधिसभाको बैठक बस्दैँ नबसी स्थगित भए पछि बुधवार बाेलाइएकाे हाे ।

हिजाे ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पनि भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखककाे राजिनामा नदिएकाे भन्दै बिपक्षी दलले बाेल्न सहमति नदिए पछि बुधवारसम्मका लागि स्थगित गरिएकाे थियाे ।

संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ः०० बजे बस्नेछ ।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।