प्रधानमन्त्री ओलीद्वारा झापाकी मृतक सीतादेवी घिमिरेप्रति समवेदना प्रकट

दमक । प्रधानमन्त्री तथा नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्माओलीले एक मृतक वृद्वाप्रती समवेदना प्रकट गर्दै श्रद्वाञ्जली अर्पण गरेकाछन् ।


प्रधानमन्त्रि ओलीले झापाको दमक नगरपालिका – ३ की दिवाङ्गत सीतादेवी घिमिरेको १३ ओैँ पुण्यतिथीका अवसरमा समवेदना प्रकट गरेका हुन् ।
नारदमुनी घिमिरेकी अर्धाङ्गिनी सीताको ८० बर्षको उमेरमा गएको जेठ १ गते निधन भएको हो ।
प्रधानमन्त्रीले पत्रमार्फत समबेदना प्रकट गर्दै लेखेका छन् – ‘ सितादेवी घिमिरेको निधनले मलाई अत्यन्तै दुखी तुल्याएको छ । यस दुखद घडीमा दिवागंत सीतादेवी घिमिरेप्रती भावपूर्ण श्रद्वाशुमन अर्पण गर्दछु ।’
मृतकका परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दै प्रधानमन्त्रीद्वारा हस्ताक्षरित समवेदना तथा श्रद्वाञ्जलीपत्रमा अगाडी उल्लेख गरिएको छ – ‘ जिबनसङ्गिनी गुमाउनुभएका तपाईँ , मातृवियोगमा पर्नुभएका तपाईँहरू , पारिवारिक वियोगले मर्माहित तपाईँहरूको परिवार र आफन्तजनहरूप्रति म गहिरो समवेदना ब्यक्त गर्दछु । ‘
त्यस्तै ‘ अभिभाबक गुमाउनुभएका परिवारका सदस्य र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ‘ भनेर पनि पत्रमा उल्लेख छ ।
त्यस्तै नेपाली काङ्ग्रेस , राप्रपा लगायत राजनीतिक दलहरूले पनि पत्रमार्फत समबेदना ब्यक्त गरेकाछन् भने डेढ दर्जनबढी सँघ/सँस्थाहरूले पनि पत्र मार्फत श्रद्वाञ्जली ब्यक्त गरेकाछन् ।
बिभिन्न सँघ/सँस्थामा रहेर सामाजिक कार्यमा सँलग्न घिमिरेका २ छोरा र ३ छोरी गरि ५ सन्तान छन् ।
कान्छा छोरा शुमन घिमिरे निर्वाचन आयोगका सुचना अधिकारी हुन् ।