३० जना युवालाई बारिष्टा तालिम

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ युवा परिषद्को आयोजनामा ३० जना युवालाई लक्षित गरी बारिष्टा तालिम सम्पन्न भएको छ ।

२०८२ जेष्ठ १३ देखि १९ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा मोकाभिल्ला बारिष्टा स्कुलको प्राविधिक सहयोग रहेको थियो । समापन कार्यक्रममा मेयर मिठाराम अधिकारीले युवालाई सीपमुखी बनाउँदै स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा अध्यक्ष राजु अधिकारीले युवा परिषद्मार्फत वडाका युवाहरूलाई रोजगारीमुखी तालिम दिइरहेको जानकारी गराउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए ।

युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराईले तालिमबाट युवाहरूमा आत्मविश्वास र उद्यमशीलता विकास हुने विश्वास व्यक्त गर्नुभयो ।