काठमाडौँ । नेपाल अडिटर्स एसाेसिएसनको सातौं राष्ट्रिय महाधिवेशन जेठ १६ गतेदेखि १८ गतेसम्म काठमाडौँमा चलिरहेको कार्यक्रम सम्पन्न भएको छ।
महाधिवेशनबाट बद्री प्रसाद भट्टराईको अध्यक्षतामा ८४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
विधानअनुसार ९५ सदस्यीय कार्यसमिति बनाउने प्रावधान रहेकाले बाँकी ११ सदस्यहरू केन्द्रीय सचिवालयद्वारा मनोनयन गरिने छ ।
निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डा. डोलप्रसाद दाहाल रहनुभएको छ।
प्रथम उपाध्यक्ष झलकमणि लम्साल, द्वितीय उपाध्यक्ष पोषराज नेपाल र तृतीय उपाध्यक्ष भरतकुमार श्रेष्ठ र अन्य उपाध्यक्षहरूमा प्रदीपकुमार यादव, मीरा श्रेष्ठ, रमेश केसी, प्रेमबहादुर श्रेष्ठ, राजेन्द्र प्रसाद ढुङ्गाना, बलराम चौधरी, योगमाया धमाला, चन्द्रबहादुर सुवेदी र बासुदेव जोशी चयन हुनुभएको छ।
महासचिवको जिम्मेवारी तिलकबहादुर अधिकारीलाई दिइएको छ भने उपमहासचिवहरूमा गणेश गिरी, जयाकुमारी झा, राम गोपाल महर्जन, कामोद झा, शिवराज बराल, पोषकलाल श्रेष्ठ, मधुसुदन भट्टराई, कुमारप्रसाद खतिवडा र हेमराज पौडेल रहनुभएको छ।
त्यस्तै, सचिवहरूमा माया बादे, गोकर्णप्रसाद आचार्य, जयधर्म पोखरेल, हिरारत्न बज्राचार्य, शिवजी पाण्डे, मेघराज पौड्याल, लिला भट्टराई, मोहम्मद जुवेर राई र मदन राज ओझा रहेका छन्।
कोषाध्यक्षमा आत्माराम चापागाईं चयन हुनुभएको छ भने सह–कोषाध्यक्षमा डिल्ली राम उपाध्याय सुवेदी मनोनीत हुनुभएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले संस्थाको सुदृढीकरण, व्यावसायिक क्षमता अभिवृद्धि, पारदर्शिता, सुशासन तथा सङ्घीय संरचनाअनुसार सङ्गठन विस्तारका विषयमा व्यापक छलफल गरेका थिए।
प्रतिक्रिया