पूर्व राष्ट्रपति भण्डारीस्वदेश फिर्ता

काठमाडौं । चीनको १० दिने भ्रमण पूरा गरी पूर्व राष्ट्रपति विद्यादेबी भण्डारी आज स्वदेश फर्किनुभएको छ ।
स्वदेश फर्केपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै पूर्व राष्ट्रपति भण्डारीले आफ्नो चीन भ्रमण राम्रो भएको बताउनुभयो ।

भ्रमण दलमा सहभागी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्व राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल–चीन सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले चीन भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटघाटले दुई देशको सम्बन्धलाई थप बलियो बनाउनुका साथै नेपाल चीनबीचको ऐतिहासिक सम्बन्ध, साझा मान्यता र पूर्व सहमतिको कार्यान्वयनमा जोड दिएको बताउनुभयो ।

भ्रमणका क्रममा पूर्व राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलले चीनका उपराष्ट्रपति, नेशनल पिपुल्स कांग्रेसका उपाध्यक्ष, चिनिया कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखलगायत उच्चपदस्थ नेताहरूसँग भेटवार्ता गरेको थियो ।