बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका ४७ वर्षीय खड्ग बहादुर कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत काठमाडौंको २०८० फागुन २२ गतेको फैसलाले १० दिन कैद सजाय र २० लाख रूपैयाँ जरीवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।