स्पेनमा रहेका ओली आज भेटवार्तामै ब्यस्त

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न भेटघाटमा व्यस्त रहने भएका छन्। 

प्रधानमन्त्री ओलीले आज दिउँसो स्टोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षीय भेटवार्ता गर्ने तालिका छन्। लगत्तै  प्रधानमन्त्री ओली तीनवटा द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबीच द्विपक्षीय बैठक बस्नेछ । 

त्यसपछि प्रधानमन्त्री ओली पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। अपराह्न प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघ महासचिव अन्तोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले गएराति सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए।