लहानमा फस्टाउँदै मिटरब्याजको धन्दा

लहान । पूर्बकै प्रमुख ब्यापारिक नाकामध्ये लहान पनि एउटा प्रमुख ब्यापारिक नाकाका रूपमा परिचित छ ।
तर तिब्र सडक बिस्तारले लहानको ब्यापार प्रभाबित बन्न पुग्यो । कहिलेकाहीँ त बोहनी समेत हुन छाडेपछी यहाँका ब्यापारीहरू तनाबमा छन् ।


बैकंको ताकेताले धेरै ब्यापारीहरू तनाब झेलिरहेकाछन् ।
बैंकको ताकेता त छँदै थियो , मिटरब्याजीहरूको ताकेता पनि लहानका धेरै ब्यापारीहरू तनाब झेल्न बिबश छन् । बताईएअनुसार स्थानिय ब्यापारीहरूलाई अनाधिकृत ब्याजमा ऋण प्रवाह गर्ने मिटरब्याजीहरू पनि लहानमा मनग्ये छन् । लहानमा चुपचाप मिटरब्याजको धन्दा चलाउनेहरूमा गुप्ता थरको एउटा परिवार पनि सामेल छ ।

जसले लहान बजारमा करिब ७ करोड रूपैयाँको हाराहारीमा अनाधिकृत रूपमा लगानी गरेको पाईएको छ । हो , सितापुरका स्थायी बासिन्दा रामशुन्दर गुप्ताको सपरिवार अहिले लहानमा मिटरब्याजको गैरकानुनी धन्दामा सक्रिय छ ।


सम्पर्कमा आएका लहानमा कालिगढी पेशा गर्दैआएका बिश्वकर्मा समुदायका सुनचाँदीका कालिगढहरूलाई गुप्ताको परिवारले मिटरब्याजमा ऋण प्रवाह गर्दैआएको छ , बार्षिक ३६ प्रतिशत ब्याजमा ।


गुप्ताको देखाउने दाँतभने साधारण पसलहरू छन् । एउटा दुई नम्बर रोडमा रहेको आफ्नै घरमा पसल सञ्चालन गरिरहेकाछन् भने अर्कोचाहीँ दुर्गामन्दिरको लाईनमा नगरपालिकाको भबन भाडामा लिएर रेडिमेड कपडाको पसल सञ्चालन गरिरहेकाछन् । दुखःको कुरा के भने रामशुन्दर गुप्ताका दुई छोराहरूले आफ्नै नाममा दर्ता गरेर सञ्चालन गरिरहेको ‘ शम्भु एण्ड राहुल ट्रेडर्स ‘ नामक रेडिमेड पसलमा ग्रहाकहरूले ठगिएको गुनासो गर्ने गरेकाछन् ।


प्यानमा दर्ता उल्लेख गरिएको गुप्ता दाजुभाईको यस रेडिमेड पसलमा ग्रहाकहरूले कपडा शरिररमा लगाएर चेक गरेपछि सो कपडा अनिवार्य लिनुपर्ने नियम छ । उनिहरूको यो ठगि विरूद्व ग्रहाकहरूले सिरहा जिल्ला उधोग वाणिज्य सँघमा उजुरी समेत गरेकाछन् । सँघका अध्यक्ष बिकाश सारडाले – ‘ चेक गर्दा मन परेनभने पनि किन्नैपर्छ भन्ने छैन , ग्रहाकहरूको मौखिक उजुरीपछि उनिहरूलाई सचेत गराएका छौँ । सच्चिएनन् भने सँघले कानुनअनुसार कार्वाही गर्ने छ । ‘
तल्लोस्तरको चिनिया उत्पादनका रेडिमेड कपडाहरू मनपरि दररेटमा बेच्दैआएका उनिहरूको दोकान फिक्स रेटको भएको बताउँदैआएका छन् ।

तोकिएको फिक्स रेटबाट १० प्रतिशत छुट गर्दैआएको यस कपडा पसलले ग्रहाकहरूलाई ठग्दैआएकाले उपभोक्तावादी सँघसँस्थाले कार्वाहीका लागी जिल्ला प्रशासन कार्यालय सिरहाको समेत ध्यानाकर्षण गराएकाछन् । ग्रहाकहरूलाई प्यानबिल दिएपनि बिल काट्दा कार्बन पेपरको प्रयोग नगरेर राज्यको राजश्व छल्दैआएको प्रष्ट हुन्छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले उजुरीका आधारमा छानबिन गरेर ग्रहाक ठग्ने पसलहरूमाथी कार्वाही हुने प्रतिवद्वता जनाएको बताईएको छ ।


अर्कातिर खुद्रा पसलको आवरणमा मिटरब्याजको धन्दा चलाईरहेकोप्रती पनि जिल्ला प्रशासन कार्यालयको गंभिर ध्यानाकर्षण भएको बताईएको छ ।