एमाले कार्यबाहक अध्यक्षमा पाेखरेल

काठमाडौं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली स्पेन भ्रमणमा रहेकाले पार्टी सञ्चालनको जिम्मेवारी पोखरेललाई दिइएको हो ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले पार्टी अध्यक्षबाट कार्यवाहक अध्यक्षको जिम्मेवारीसहितको पत्र पोखरेललाई दिएको बताए ।