काठमाडौ । दृष्टि न्यूज डटकमका सञ्चालक एवम अध्यक्ष सम्भु श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बालाई २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ ।
आज अदालतमा उपस्थित भएका उनीहरुलाई विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पुर्ण इजलासले बिहीबार दुबै जनाको बयान र थुनछेक बहसपछि २५–२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका छन् ।
भने वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताले बहस गरेका छन् । इजसालले यहि असार १५ मा साक्षी बकपत्रका लागि समय तोकेको छ ।
प्रतिक्रिया