काठमाडौं । भारतमा विभिन्न बहानामा प्रलाेभन देखाएर बन्धक बनाईएकाहरुलाई नेपाल फर्काईएकाे छ ।
केही दिनअघि उनीहरुलाई बन्धक बनाएकाे ठाउँबाट उद्वार गरिएकाे थियाे ।
यसैमध्ये कैलालीको चुरे गाउँपालिका १ का १३ वर्षीय मानबहादुर विक पनि पर्छन् ।उनका आमा र बुवा बिरामी छन् । घरमा कमाउने कोही छैन । गाउँकै दाईले भारतको रुद्रपुरमा सामान प्याकिङको राम्रो काम पाइने तर त्यसका लागि २३ हजार भारु जम्मा गर्नुपर्ने भनेपछि उनले ४० हजारमा घरखेत धितोमा राखेर ऋण निकाले ।
त्यसपछि उनी पुगे भारत उत्तराखण्डको रुद्रपुर । गाउँकै दाईको सम्पर्कमा रुद्रपुर पुगेका उनलाई सुरुमा एउटा होस्टेलमा राखियो । त्यहाँ केही दिन प्रशिक्षण दिएजस्तो गर्यो । त्यसपछि उनलाई नजिकैको एउटा घरमा लगियो । जहाँ अन्य नेपाली पनि थिए । उनीसँग भएको मोबाइल पनि थुतियो । त्यहाँ नत खाना राम्रो न बस्ने व्यवस्था नै ।
‘मेरा घरमा आमा बुवा र दिदी मात्रै छन्, आमा बुवा बिरामी छन्, कमाई गर्ने कोही छैन,’ एक महिना बन्धक भएर उद्धार गरिएपछि बुधबार घर फर्किने क्रममा गड्डाचौकी नाकामा पुगेका विकले भने, ‘सजिलो काम छ, राम्रो कमाई छ भनेपछि घरखेत धितो राखेर त्यहाँ गएँ, कमाई त के जेलमा बसेजस्तो भयो ।’
घर फर्किन पाएको खुसी भए पनि उनका आँखा भने रसाएका थिए । कास्कीको अन्नपूर्ण गाउँपालिका १ का २० वर्षीय विशाल बुढाथोकी तीन महिनाअघि रुद्रपुर पुगेका थिए । उनलाई धरानकै नविन भन्नेले फोन गरेर राम्रो तलब पाइने भनेका थिए । त्यसअघि नविनकै मोबाइलबाट वीरेन्द्र शाही नाम गरेका नेपालीले नै उनीसँग म्यासेजमा कुराकानी गरेका थिए ।
प्रतिक्रिया