नारायणगढ – मुग्लिन सडक खण्ड दुई घण्टा बन्द

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड आज दुई घण्टा बन्द गरिएको छ । भिरमा अड्किएको ढुंगा हटाउनका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हाे ।

कार्यालयले जारी गरेको सूचनामा लेखिएअनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ ।

सो स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ । त्यसैले सम्भावित दुर्घटना न्युनीकरण गर्नका लागि डिभिजन कार्यालयबाट लङ्ग बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने कार्य हुँदैछ । त्यसैले डिभिजन कार्यालय भरतपुरले जारी गरेको सूचनामा लेखिएको छ, ‘आज मिति २०८२/०३-१२ गते बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म करिब २ घण्टा जति सवारी आवागमन बन्द रहने कुराको जानकारी गराइन्छ ।’ सो समय अवधिभर लेन अनुशासन पालना गरी सवारी साधन रोक्न पनि कार्यालयले अनुरोध गरेको छ ।