गभर्नर विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पौडेलसँग पछिल्लो समय साढे १६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । गर्भनरको यो सम्पत्ति सुन र गाडीबाहेक हो ।

केन्द्रीय बैंक गभर्नर नियुक्त भएसँगै पौडेलले आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् । उक्त विवरण अनुसार पौडेलसँग घरजग्गा, सुन, गाडी, सेयर लगानी र नगद छ ।

पौडलले गभर्नर नियुक्त हुदाँका बखत ६ बैंकको खाता चलाएका छन् । त्यसमा दुई वटा डलर खाता पनि छ । डलर खातामा भने कुल ४ हजार ५ सय १६ डलर छ । बाँकी खातामा गभर्नरको कुल बचत २६ लाख ८६ हजार रुपैयाँ छ ।

गभर्नर पौडेलको आफ्नै नाममा ३ वटा बैंक खाता छन् भने प्रतिभा शर्माको नाममा ३ वटा छन् । बैंक खातामा भएको सबै नगदलाई आफैंले आर्जन गरेको विवरणमा उल्लेख छ ।

गभर्नरले प्रतिभा शर्माको नाममा ललितपुरको सैँबु र नवलपरासी गैँडाकोटमा घरजग्गा रहेको विवरणमा उल्लेख गरेका छन् । त्यसैगरी उनी विभिन्न ६ कम्पनीको संस्थापक लगानीकर्ता छन् ।

गभर्नर पौडेल संस्थापक रहेका कम्पनीमा सानिमा बैंक, सानिमा मिडल तमोर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चिवन इनर्जी हुन । ग्लोबेकोमा प्रतिभा शर्माका नाममा पनि लगानी गरेका छन् ।

त्यसैगरी उनले सनिमा माई हाइड्रोपावर संस्थापक सेयरलाई सर्वसाधारणमा रूपान्तरण गरिसकेका छन । पौडेलले सबै सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन गरेको उल्लेख गरेका छन् । यस्तै पौडेलसँग १५ लाख रुपैयाँ बराबरको हिरा र ४५ तोला सुन रहेको खुलाएका छन् । त्यसैगरी उनीसँग सुजुकी कम्पनीको चार पाङ्ग्रे गाडी छ ।