काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले बजेटले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दृढता समेत व्यक्त गरे ।
आज संसद वैठकमा बजेटका सम्वन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सिथिलतामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको दावी समेत गरे ।
उनले भने, ‘हामीले शिथिलतामा रहेको अर्थतन्त्रलाई चलायमान गराएर समस्त परिसुचकहरुमा सकारात्मक सुधार भएको छ । बजेटमा स्रोतको व्यवस्थापन र खर्चको बाँडफाँड यथार्थपरकरुपले गरिएको छ । त्यसैले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ भन्नेमा म विश्वस्त छु । यो असम्भव छैन । हाम्रो सामथ्र्यको सीमाभित्र छ ।’
अर्थमन्त्री पौडेलले यसपटक अर्थतन्त्रको सामथ्र्यका दृष्टिकोणले सहज नरहेको उनले बताए । तथापि चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूँजिगत खर्च १७ प्रतिशत बढी गरिएको उनले स्मरण गराए । साधारण खर्च घट्ने र पूँजिगत खर्च बढ्ने सिलसिलालाई ब्रैक लगाउनैपर्ने मन्त्री पौडेलको भनाइ थियो ।
प्रतिक्रिया