भिजिट भिसाको समस्या दिर्घकालीन रुपमा समाधान हुन्छः गृहमन्त्री लेखक

काठमाडौ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् ।

हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।

समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्नेगरी तयारी रहेको गृहमन्त्री लेखकले जानकारी समेत गराए ।