मन्त्रीपरिषदको बैठक ६ बजे बस्ने

काठमाडौं । मन्त्रीपरिषदको बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकार सञ्चालन र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकले केही नियुक्ति र बढुवासम्बन्धी निर्णय गर्ने जनाएको छ ।