जबरजस्ती बलात्कार अभियोगमा पक्राउ

झापा । २८ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा कचनकवल गाउँपालिका–६ पल्लाबारी बस्ने २३ वर्षीय हरदेव यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हरदेवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।