कांग्रेसको केन्द्रीय समितिको बैठक सर्यो

काठमाडौँ । नेपाली कांग्रेसको पूर्वा निर्धारित केन्द्रीय कार्यसमिति बैठक विशेष कारणबस सरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको जानकारी दिएका हुन् ।


पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’