काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य चाही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भैरहेको छ ।
हिजो आइतबार १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य भने आइतबारको तुलनामा रु १० बढेको छ । आइतबार २ हजार १६० मा कारोबार भएको चाँदी आज बढेर प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया