बहिनीको जन्मदिनको बहाना बनाउँदै घर लगेर सार्थी हत्या गर्ने चार जना पक्राउ

काठमाडौं । आफ्नो बहिनीको जन्मदिन मनाउने बहाना बनाएर घर लगी साथीको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

शुक्रबार रातको समयमा बूढानीलकण्ठ–५ स्थित टुसालमा हत्या गरिएका ३२ वर्षीय कृष्ण लामाको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

टुसाल घर भएका विकास लामाले घरमा बहिनीको जन्मदिन भन्दै मृतक कृष्ण लामालाई त्यहाँ लगेका थिए । त्यहाँ पुग्नासाथ कुटपिट गरी हत्या गरेका थिए ।

हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर घर भई जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने बिकास लामा, बारा निजगढ न.पा. वडा नम्बर ७ घर भएका बर्ष २९ का सुगन्द लामा, निजगढ– ५ घर भएका बर्ष १८ का सौगात क्षेत्री र मकवानपुरको बकैया गाँउपालिका वडा नं. २ घर भएका वर्ष २३ का निसान जिम्भा रहेका छन् ।