काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाटै स्वास्थ्य विज्ञान सुरु भएको बताएका छन् । आजप्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताएका हुन् ।
ओलीले भने, ‘यो स्वास्थ्य विज्ञानको सुरुवातको भूमि हो । स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो । हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन । हाम्रा कतिपय पुराना मेथोडलोजी, पुराना विधि, प्रविधिहरु उपयोगी हनु सक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हामीले आर्थिक रूपमा कसरी सबल बनाउने, त्यसको भौतिक पूर्वाधारको कमी नहोस्,दक्ष जनशक्ति कसरी पूरा गर्ने रु यी सबै कुरा छन् ।’
प्रधानमन्त्री ओलीले बिरामीको सङ्ख्या न्यून गर्नेतिर सरकार लागिरहेको बताए ।
प्रतिक्रिया