काठमाडौ । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत पर्साले पक्राउपुर्जी जारी गरेको छ । उनीबिरुद्ध जेठ १६ गते पक्राउ पुर्जी जारी भएको हो । उनी हाल फरार छिन् ।
पर्साकी आशा कुमारी चौहानले सुमनले साढे पाँच लाख रुपैयाँ सापटी लिएर फिर्ता नगरेको भन्दै उजुरी दिएकी थिइन्। सुमनले रकम फिर्ताको ग्यारेन्टीस्वरूप दिएको चेक बाउन्स भएपछि मुद्दा दायर भएको हो ।
आशाका अनुसार, सुमनले दुई लाख ७५ हजारको चेक काटेकी थिइन्, तर तीनवटै चेक बाउन्स भए । सुमनले आशाको घरमा १० दिन बसेर खर्च र कपडा उधारो लिएको र मन्त्री बन्ने आश्वासन दिँदै थप रकम मागेको आशाले बताइन् । जिल्ला प्रहरी कार्यालय पर्साले बर्दिया प्रहरीलाई पत्र लेखी सुमनलाई पक्राउ गर्न आग्रह गरेको छ । जनमत पार्टीमा यो विषय उठाउँदा पनि कुनै सुनुवाइ नभएको आशाको गुनासो छ ।

प्रतिक्रिया