काठमाडौं । इजरायलले इरानमाथि जारी राखेकाे युद्धमा अमेरिकाले औपचारिक सहभागिता जनाएको छ ।
इरानसँग आणविक वार्ता गरिरहेको अमेरिकाले इरानमा इजरायलले हमला गरेपछि त्यसको ८ दिनपछि आफै सहभागिता जनाएर इरानलाई हमला गरेको हो ।
इरानका फोर्दो र अरू आणविक केन्द्रमा गरिएको हमला सफल भएको र बमहरू शक्तिशाली भएको ट्रम्पले दाबी गरेको बेलायती विश्व सेवा बीबीसीले उल्लेख गरेकाेा छ ।
युद्ध विरोधी मतले चुनाव जितेका ट्रम्प आफै इजरायली युद्धमा जोडिएसँगै उनको अमेरिकामै आलोचना भएको छ ।
प्रतिक्रिया