काठमाडौं । भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले भारतका छिमेकी मुलुक नेपाल र श्रीलङ्काका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्ने बताएको हो ।
बीबीसीका अनुसार भारतीय दूतावासले आफ्नो एक्स ९ट्विटर० पोस्टमार्फत् उद्धारका लागि नेपाली र श्रीलङ्काली नागरिकले सम्पर्क गर्न भन्दै तीन वटा टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।
इरानका लागि भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलङ्का सरकारको अनुरोधमा भारतीय दूतावास इरानमा फसेका दुवै देशका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्ने छ ।’
केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री डा आरजु राणाले भारत सरकारसँग सो आग्रह गरेकी थिइन् । यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी लिइन् ।
इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरू र इरानस्थित भारतीय दूतवासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहेका छन् ।
प्रतिक्रिया