पाकिस्तानका सेना प्रमुखद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन माग

एजेन्सी । पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनीरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन् । उनले भारत र पाकिस्तानबिच युद्धविराम गराउन ट्रम्पको महत्त्वपूर्ण भूमिकाका लागि यो पुरस्कारको माग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भनिन्, ’ट्रम्पले मुनीरलाई आतिथ्य दिने छन् किनभने मुनीरले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गरेका छन् ।’

ट्रम्पले यसको लागि मुनीरलाई धन्यवाद दिएको बताइएको छ । यो भेट हुनुभन्दा पहिले भारतका प्रधानमन्त्री मोदीले ट्रम्पसँग फोनमा कुरा गरेका बताइएको छ ।