पत्रकार रजकको परिवारलाई रास्वपाले दियो तीन लाख

काठमाडौं । गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन लाख नगद दिएका छ । पार्टी स्थापनाको तेस्रो स्थापना दिवसको अवसर पारेर पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष व्यवस्थापन विभागका सदस्य जगदीश खरेल स्व। पत्रकार रजकको घर पुगेर सहयोग गरेका हुन्।

पत्रकार सुरेश रजकको परिवारलाई रास्वपाले ३ लाख सहयोग गरेको पार्टीले जनाएको छ। चैत १५ गते तीनकुने घटनामा रजकको आगलागीमा परी मृत्यु भएको थियो।

साथै, आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन माग गरेको छ।